• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 07:44 pm

स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं : मुख्यमन्त्री पोख्रेल

गुल्मी । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालार्ई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताएका छन् ।

जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना रहेको उनले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री  पोख्रेलले भने, “पूर्वाधार विकासको काम प्रदेशले गर्ने, सुशासन कायम गर्ने र मुलुकको नेतृत्व गर्ने काम केन्द्रले गर्ने, यही ढाँचाबाट हामी अघि बढेमा विकासको छलाङ् मार्न सकिन्छ, त्यही हिसाबले प्रदेश सरकार अघि बढेको छ ।” 

प्रदेश नं– ५ ले अन्य प्रदेशको तुलनामा योजना, कानून र कार्यालयसमेत बनाइसकेको भन्दै यस आर्थिक वर्षको प्रथम चौमासिकदेखि बजेट खर्च गर्न शुरु गर्ने र जेठ मसान्तसम्म पूर्वाधारका काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

सातमध्ये सबै भन्दा धेरै पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा ५ नं– लाई स्थापित गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोख्रेलले त्यस हिसाबले पनि यस प्रदेशका जनता निराश हुनुपर्ने अवस्था नरहेको तर्क गरे । उनले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्षभित्र घरघरमा आधारभूत खानेपानी पु¥याउने, विद्युत्को पहुँच नपुगेको घरमा ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका प्रदेश सरकारको योजना रहेको बताए ।
    
जिल्लाका १२ स्थानीय तहमध्य पहिलो पटक धुर्कोट गाउँपालिकाले रु एक करोड ३५ लाखाको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । साढे दुई तलाको उक्त पक्की भवनमा १५ कोठा रहेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । भवन निर्माणका लागि कृष्णप्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, रामप्रसाद घिमिरे र गणेश घिमिरे चार दाजुभाइले आठ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका थिए । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • १६ फाल्गुण, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर

निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

  • १६ फाल्गुण, २०७६

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष

तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

  • १६ फाल्गुण, २०७६

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका