खुद्रा व्यापार गरे जस्तो विकास गरेर कर्णाली बनाउँन सकिदैन : मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले खुद्रा व्यापार गरे जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् । कर्णाली निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने उनको भनाई छ । 

उमेर हदका कारण सेवा निवृत्त हुनुभएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आईतवार भएको विदाई कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताए । 

कर्णालीको विकास र समृद्धिको लागि वृहत गूरु योजनाको आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए ।   

भौतिक पुर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालि रहनुभएका मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जिवनस्तरमा परिवर्तन गर्ने खालका ठुला योजना सरकारले लगानी केन्द्रीत गर्ने नीति लिएको स्पष्ट गरे ।

बजेट कार्यान्वयनको तयारीलाई तिव्र बनाईँदै 
यसैविच वजेट कार्यान्वयनका लागि प्रदेश सरकारले गम्भीर गृहकार्य गरिरहेको छ । गएको साता संगठन संरचना तथा जनशक्ति व्यवस्थापनको कामलाई अन्तिम टुंगोमा पुर्याएको प्रदेश सरकारले नयाँ संरचना वमोजिमका कार्यालयहरु स्थापना गर्ने, सम्वन्धित कार्यालयहरुमा वजेट अख्तियारी पठाउने काम अगाडि वढाएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आईतवार विहान विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुको वैठक वोलाएर नयाँ संरचना वमोजिमका कार्यालय स्थापना तथा वजेट कार्यान्वयनमा देखिएका समस्याको विषयमा जानकारी लिएका छन् ।

वैठकपछि मुख्यमन्त्री शाहीले कार्यालय स्थापना, वजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरु सामाधान गर्न निर्देशन गरेका छन् । विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई निर्देशन गर्दै मुख्यमन्त्री शाहीले भने–‘मन्त्रालय र अन्तरमन्त्रालयका विचमा देखिएका कानूनी, प्राविधिक एवं प्रकृयागत समस्या सामाधान गरि तत्काल कार्यालय स्थापना र वजेट कार्यान्वयन अगाडि वढाउनुस ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर