• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

मन नदुखोस् भनेर दुवै प्रेमिकासँग विवाह गरे एक व्यक्तिले, भिडियो भाइरल !

एजेन्सी । इन्डोनेसियामा एक व्यक्तिले एकै समारोहमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । उक्त विवाह समारोहको भिडियो तथा तस्विरहरु सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

मुस्लिम बाहुल्यता रहेको इन्डोनेसियामा बहुविवाहलाई असामान्य मानिँदैन । कुरानका अनुसार, एक मुस्लिम व्यक्तिको चार वटीसम्म पत्नी हुनसक्छ । त्यस्तै, इन्डोनेसियाको कानुनअनुसार, यदि पहिलो पत्नीले उसको श्रीमानले एकभन्दा बढीसँग विवाह गर्ने मञ्जुरी दिन्छिन् भने गर्न सक्छ । 

यसै कानुनको माध्यमबाट यी व्यक्तिले पनि आफ्नो दुई प्रेमिकासँग एकै पटक विवाह गरेको बताइएको छ । 

भ्वाइस इन्डोनेसियाका अनुसार, दुवै प्रेमिकालाई दुखी देख्न नसक्ने भएकाले दुवैसँग विवाह गर्ने निर्णय लिएको उक्त व्यक्तिले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् । 

गत १७ अगस्टका दिन फेसबुकमा पोस्ट भएको उक्त भिडियो निक्कै भाइरल बन्यो ।  इन्डोनेसियाली परम्परा अनुसार नै उक्त व्यक्तिले आफ्नी दुवै पत्नीलाई १०/१० हजार रुपैयाँ दाइजोका रुपमा दिएका थिए । 

एनी पुर्वानी नामक एक फेसबुक प्रयोगकर्ताले उक्त विवाहको भिडियो तथा तस्विर पोस्ट गर्दै एकै व्यक्तिले दुई महिलासँग एकसाथ विवाह गरेको वास्तविक कथा भनी लेखेकी छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर