• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एसिसी यू १९ : अन्तिम खेलमा नेपालद्वारा युएई १६० रनले पराजित

काठमाडौं । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई हराएको छ । २८६ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १६० रनले हराएको हो । युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो । 

नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो ।

बलिङमा सागर ढकालले ३ विकेट लिए । यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २र२ साथै कमल सिंह ऐरीले १ विकेट लिए ।

श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए । 

आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर