• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाको सचिवालय बैठक आज अपराह्न बोलाइयो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निबास बालुवाटारमा अपरान्ह चार बजे बोलाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने बिषयमा छलफल कन्द्रित हुने बताइएको छ । यसअघि पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताबारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको थियो भने पार्टी एकीकरण प्रक्रिया सामेल भएका चार नेतालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर