नेपाली फुटबल टाेली आज राति स्वदेश आइपुग्ने
काठमाडौं । चाइनिज ताइपेइविरुद्धको खेलमा जित निकालेको नेपाली फुटबल टिम आज राति स्वदेश फर्किंदै छ । ताइपेईविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली टिम आज राति ९ बजेर ३५ मिनेटमा नेपालमा अवतरण हुने एन्फाले जनाएको छ ।
विश्वकप छनोटमा ऐतिहासिक जित निकालेको नेपाली फुटबल टिम हङकङ हुँदै नेपाल आउनेछ । छनोटमा पहिलो तीन अंक जोडेको नेपाली टिमले अञ्जन विष्टको दुई गोलमा दुई अंक बटुल्यो ।
पहिलो खेलमा कुवेतसँग हारेको नेपालले अर्को खेलमा जित हासिल गरेको हो । नेपाली टिमका मुख्य सदस्य रोहित चन्द भने ताइपेईबाट नै इन्डोनेसिया जानेछन । उनले आज नै इन्डोनेसियामा लिग फुटबल खेल्नेछन् । बाँकी टिम भने स्वदेश फर्किनेछ ।
प्रतिकृया दिनुहोस