• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 02:56 pm

बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

बैतडी । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षीय रोशन चन्द रहेको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । 

स्थानीय १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्ती करणी गरेको आरोप लागेको छ,’ उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इन्जिनियर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौंमा दुई दिन बिराएर पानी वितरण

  • ५ असोज, २०७६

 काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव

जितिया पर्व मनाउँदै थारू समुदायका महिल 

  • ५ असोज, २०७६

चितवन । चितवनका थारू समुदायका महिला आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । थारूहरूको बाक्लो बसोवास रहेको चितवनको पूर्व, पश्चिम र माडी क्षेत्रमा

बसको ठक्करबाट मृत्यु 

  • ५ असोज, २०७६

चितवन । चितवनमा गएराति बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा अन्दाजी २८