• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'डेंगु देखियो, सरकार हरायो' : विवेकशील नेपाली दल

काठमाडौं । विवेकशील नेपाली दलले देशका विभिन्न भागमा महामारीकै रूपमा फैलँदै गरेको डेंगु नियन्त्रणमा गम्भीरताका साथ नेतृत्व लिन सरकारसमक्ष अपिल गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो दलले महामारीकै रूपमा फैलिए पनि सरकारले कुनै ठोस कार्यक्रम ल्याएर नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । 

वैशाखदेखि नै प्रकोपको रूपमा आएको यो रोग अहिले देशको ४८ जिल्लाहरूमा फैलिएको छ। चिकित्सकहरूकै अनुसार पनि अस्पताल आएका अनि नआएका गरेर ७० हजार बिरामी पुग्ने आँकलन छ। 

अहिले डेंगु रोगका बारेमा सरकार बेखबर झैँ देखिएको भन्दै उसले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारबीच राम्रो समन्वय र सहकार्य गरी प्रभावकारी रूपमा काम नभएको आरोपसमेत लगाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर