• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 03:10 pm

'अब सूचना प्रविधिले नेपालमा फड्को मार्छ'–सञ्चामन्त्री बाँस्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।

मन्त्री बाँस्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको स्पष्ट पारे । ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले बुधबार काठमाडाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको पनि स्मरण गराए ।

उनले  विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए । मन्त्री बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ईन्द्रावति गाउँपालिकामा बन्न लागेको रंगशालाको शिलान्यास

  • २६ असार, २०७७

काठमाडौं । ईन्द्रावति गाउँपालिकाको वडा नं ५ मा बन्न लागेको रंगशालाको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शुक्रबार एक

पहिरो खस्दा रुकुम(पश्चिम) मा एकै घरका दुई जनाको मृत्यु

  • २६ असार, २०७७

रुकुम(पश्चिम) । अविरल वर्षासँगै पहिरो खस्दा रुकुम(पश्चिम) मा एकै घरका दुई जनाको मृत्यु भएको छ ।  आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र

नेविसंघका नेता बस्नेतले पाए अदालतबाट सफाई

  • २६ असार, २०७७

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा शंकरदेब क्याम्पसका सभापति शुभराम बस्नेतले अदालतबाट सफाइ पाएका छन् । उनले जिल्ला