• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 12:03 pm

मुलुकको व्यापारिक राजधानी वीरगञ्जमा साढे ३ घण्टा

वीरगञ्ज । नेपालको ढोका भनेर चिनिने वीरगञ्जमा बिहानैदेखि नै चहलपहल शुरु हुन्छ । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज हाल महानगरपालिकामा अपग्रेड भएको छ ।
सोमबार भदौ २३ गते बेलुका ८ बजे पुग्दा निकै चहलपहल देखिएको वीरगञ्ज भोलिपल्ट बिहानको पाँच बजे भने सुनसान देखिन्थ्यो । यद्यपी, मुख्य व्यापारिक नाका भएकोले मालबहाक सवारीको आवागमन जारी नै थियो । 
 


बिहानको ५ः३० मा वीरगञ्जको आदर्शनगरस्थि होटल लर्ड दियालोबाट नियाल्दा वरिपरीको दृष्य निकै मनमोहक देखिन्थ्यो । सुनसान शहरका बीच हामी त्यहाँको निकै प्रशिद्ध मड्का चियाबाट दिनको शुरुवात गर्यौं । होटल दियालोबाट करिब ५ मिनेटको दुरीमा रहेको मड्का चियाको पसलमा हामी एकाबिहानै हामी पुग्दा चिया पिउन आउनेको लामै लाइन थियो । राजधानी काठमाडौंबाट गएको हुनाले हाम्रो खल्ति रित्तिएको थियो । चियाखानेको भिडभाड हेरेर हामी नजिकैको एटिएम पुगेर पैसा निकाली मड्का चियाको तलतल मेट्न पुग्यौं । एक लटको चिया खाएर हामी नजिकै घण्टा घर पुग्यौं ।

 


त्यसबीचमा हामीले महानगरभित्र वीरगञ्ज बासिन्दाको दैनिकीलाई क्यामेरामा कैद गर्यौं । जसमा गृहणीहरु पम्पमा पानी भर्न व्यस्त देखिन्थे भने रिक्सा चालक आफ्नो ग्राहकको पखाईमा यताउता आँखा डुलाएका देखिन्थे । बिहानको १० बजे हामी आफ्नो गन्व्यमा प्रस्थान गर्नुपर्ने भएकोले ९ बजेसम्म करिब ६० प्रतिशत वीरगञ्ज घुमिरहँदा हामीले दुईचोटी मड्का चिया खायौं । 

सवै तस्वीर/ दिपेन्द्र ढुङ्गाना

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पशुपतिमा शिवरात्रीको रौनक [फोटोफिचर]

  • ९ फाल्गुण, २०७६

काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान् पशुपतिनाथको मन्दिर परिसरमा यतिबेला हजारौं दर्शनार्थीको भीड छ । महाशिवरात्रि पर्वका अवसरमा देश विदेशका

चीनमा कोरोना भाइरसविरुद्धकाे ‘जनयुद्ध’ [तस्बिर]

  • ७ फाल्गुण, २०७६

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलँदै गएको कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) विरुद्ध चिनियाँ सरकार लडिरहेको छ ।  भाइरसबाट ज्यान गुमाउनेको

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटोफिचर]

  • ७ फाल्गुण, २०७६

काठमाडौँ ।  १०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध