प्रदेश पाँचका मुख्य न्याधिवक्ताद्वारा प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश

बुटवल  । प्रदेश नं ५ का मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डि.सी.ले आर्थिक बर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कायक्रममा मुख्य न्यायधिवक्ता डि.सी.ले प्रदेश प्रमुख उमाकान्त झा समक्ष बार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

प्रतिवेदनमा प्रदेश सरकारलाई बिपक्षी बनाई सर्वोच्च अदालत,उच्च अदालत तुल्सीपूर, बुटवल इजलास र नेपालगंजमा दायर भएका रीट निवेदनमा शतप्रतिशत प्रतिनिधित्व गरी  ९० प्रतिसत मुद्दामा सफलता प्राप्त गरेको जनाइएको छ । 

बार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख झा ले प्रदेशसभा मार्फत जनता समक्ष जाने यो प्रतिवेदनबाट प्रदेश सरकारले गरेका काम कारबाहीहरुबारे जनतालाई सुसूचित हुने अवसर प्राप्त हुने र त्यसबाट शासन व्यवस्थामा जनताको सहभागितामा अभिबृद्धि हुन गई सरकारको जनताप्रतिको जवाफदेहीता पूरा गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुख झाले प्रतिवेदनमा उल्लेख गरिएका विषयवस्तुहरुबाट प्रदेश सरकारलाई आफ्ना लक्ष्यहरु पुरा गर्न सफलता प्राप्त होसु् भन्ने शुभेच्छा समेत ब्यक्त गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर