• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:52 am

लामखुट्टे मार्न गन बोकेर  सांसद बस्तीमा 

भक्तपुर ।  भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन् । 

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेकासांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय भए । 

उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

 सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताए । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

माहिरा शर्मालाई प्रमाण पत्र नक्कल गरेको आरोप, के होला त कारवाही ?

  • १२ फाल्गुण, २०७६

एजेन्सी । ‘बिग बोस १३’ बाट आफ्नो बेग्लै पहिचान बनाएकी कलाकार माहिरा शर्मा निकै चर्चामा छिन् । पछिल्लो समय आलिया भट्टको डे«सिङ स्टाइल नक्कल गरेर

‘इन्डियन आइडल ११’ काे विजेता बने सनी हिन्दुस्तानी

  • १२ फाल्गुण, २०७६

एजेन्सी ।  सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् ।  आइतबार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड

कमेडी च्याम्पियन टप ३ बाट स्याङजाली कमेडियन गौडेल आउट

  • ११ फाल्गुण, २०७६

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनको टप– ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल बाहिरिएका छन् । टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको