• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

सडक भासिएपछि पासाङल्हामु राजमार्ग बन्द

रसुवा । रसुवाको पासाङल्हामु राजमार्ग बुधबार साँझदेखि पूर्णरूपमा बन्द भएको छ।

रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अविरल वर्षाका कारण बुधबार साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा सवारी आवागमन बन्द भएको हो।

सो सडक नेपाल–चीनबीचको एकमात्र व्यापारिक राजमार्ग भएकाले छिटोभन्दा छिटो सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिइन्।

राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ। राजमार्ग पूर्णरूपमा बन्द हुँदा काठमाडौंरसुवाको सिधा यातायात सम्पर्क पनि टुटेको छ।

पहिरोस्थल सदरमुकाम धुञ्चेबाट करीब १५ किमी दक्षिणमा पर्छ। काठमाडौंबाट रसुवा आउने सवारीसाधनलाई कालिकास्थानमा र रसुवागढीबाट काठमाडौं जाने सवारीसाधनलाई धुञ्चेमा रोकिएको ट्राफिक प्रहरीले बताएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर