• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 01:12 am

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा बुधबारराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा गएराति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा सियारामको उपचारकै क्रममा मृृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मानवसेवा आश्रममा मन्त्री दुलालको जन्मदिन : आफैंले खाना पस्कँदै खुवाए, वृद्धवृद्धासँगैै केक काटे

  • ७ फाल्गुण, २०७६

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् । प्रदेश राजधानी हेटौंडास्थित

अनेरास्ववियूको काठमाडौं जिल्लाको एकता टुंगियो, संयोजकमा थापा र सहसंयोजकमा लामिछाने

  • ७ फाल्गुण, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको

शिवरात्रीका साधुलाई राष्ट्रपतिद्वारा राडीदेखि दक्षिणासम्मको व्यवस्था

  • ७ फाल्गुण, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेकी छिन्