• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको  स्थलगत अवलोकन भ्रमण गरेका छन् । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उनले स्थलगत अवलोकन भ्रमण गरेका हुन् । 
 
बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्थी सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।
 
मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको र त्यसमध्येको एक रामग्राम स्तुप पनि भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर