• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लद्दाख सीमामा भारतीय र चिनियाँ सेनाबीच भिडन्त 

नयाँ दिल्ली । लद्दाख बोर्डरमा बुधबार भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय सेनालाई उद्धृत गर्दैै पेंगोङ तालको उत्तरी किनारमा दुवै तर्फका सेनाको जम्घाभेट भएको बताएको छ । यो तालको एक तिहाइ हिस्सा चीनको नियन्त्रणमा छ । 

जानकारी अनुसार दुवै देशका सैनिकबीच केही समयसम्म भिडन्त भएको छ । समाचारअनुसार भारतीय सैनिक पट्रोलिङमा भएका बेला उनीहरुको भेट चीनको पिपल्स लिबरेसन आर्कीसँग भएको हो । 

चिनियाँ सैनिकले भारतीय सेनाको उपस्थितिको विरोध गरेपछि दुई पक्षबीच भिडन्त भएको हो । दुवै देशका तर्फबाट सो क्षेत्रमा सैनिकको संख्या बढाइएको छ  अबेर साँझसम्म दुवै देशका सेनाबीच भिडन्त भएको थियो । दुवै देशको प्रतिनिधिमण्डलबीच वार्ता भएपछि मात्र भिडन्त रोकिएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर