• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय हुने (निर्णयसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय हुने भएको छ । युवा संघ नेपाल र वाइसीएलबीच एकता भइ बनेको राष्ट्रिय युवा संघको विशेष बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो । बैठकले युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ । 

निर्णय
 ।

हाम्रा दुई गौरवशाली संगठन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यहि भदौं २५ गते संगठनका इन्चार्ज क।महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक क।राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क।रमेश पौडेल उपस्थित विषेश बैठकले गरेका निर्णयहरु संम्प्रेशण गर्दछौं ।

१। राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ ।
२। केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ ।
३। केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।
   ४। संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ ।
   ५। यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ ।
६। ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
७। ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ ।  साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक  अशोज ९ गते काठमाडौंमा बस्नेछ ।
प्रेस तथा पत्रकार मित्रहरुमा संगठनको कार्यालय उद्घाटन,  पदभार ग्रहण कार्यक्रमका लागी भदौं २७ गते दिनको ३ बजे संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा हार्दीक आमन्त्रण गर्दछौं ।   क्रान्तिकारी अभिवादन सहित १
 
राम प्रसाद सापकोटा ‘दीपशिखा’     रमेश पौडेल
      संयोजक            सहसंयोजक

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर