• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 07:14 am

नेपाल ओलम्पिक कमिटीको निर्वाचन शनिबार

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । 

यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । 

सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । 

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् । 
    
त्यस्तै, कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पीताम्बर तिम्सिना निर्विरोध भइसक्नुभएका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेसीले जिते ‘स्पोर्ट्सम्यान अफ द इयर’ अवार्ड

  • ६ फाल्गुण, २०७६

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान स्टार स्ट्राईकर लियोनल मेसिका सौयौं उपाधि र रेकर्डहरु छन् । त्यसैमा सोमबार मात्रै अर्को अवार्ड थपिएको

नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने

  • ६ फाल्गुण, २०७६

काठमाडौं । नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल

लिभरपुल आगामी सिजनका लागि च्याम्पियन लिगमा छनौट

  • ६ फाल्गुण, २०७६

एजेन्सी । लिभरपुर आगामी सिजनका लागि च्याम्पियन्स लिगमा छनोट भएको छ ।  प्रिक्वाटरफाइनलका खेलहरु सुरु नहुँदै लिभरपुल आगामी सिजनका लागि छनोट हुने