• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नागरिकता विधेयकमा विवाद कायमै, कांग्रेसद्वारा सरकारको धारणा माग

फाइल तस्वीर

काठमाडौ ।  नेपाली कांग्रेसका सांसदहरुले नागरिकता विधेयकमा सरकारको धारणा माग गरेका छन् । सिंहदरबारमा बिहिबार बसेको राज्य व्यवस्था समितिमा  कांग्रेसका सांसदहरुले सरकारको धारणा माग गरेपछि बैठक स्थगित गरिएको छ ।  नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विषयमा सांसदहरू विभाजित छन् ।

बैठकमा कांग्रेस सांसद दिलेन्द प्रसाद बडू, डिला, संगौला लगायतले विधेयकबारे सरकारको धारणा आउनु पर्ने माग राखेका थिए। बैठक भोलीसम्मका लागि स्थगित भएको छ। गृहमन्त्रीलाई समेत उपस्थित गराउने गरी शुक्रबार बिहान ८ बजे फेरि समितिको बैठक बस्ने भएको छ।

अहिले नेपालीसँग बिहे गर्ने महिलाले तत्कालै अंगीकृत नागरिकता पाउने गरेका छन् । विधेयकको संशोधनमा भने नागरिकता त्यागेको प्रमाण ल्याएपछि मात्र अंगीकृत नागरिकता पाउने प्रस्ताव गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर