• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:45 am

'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ'

डेंगुबारे यथाशीघ्र जवाफ दिन सरकारलाई समामुखको रुलिङ

काठमाडौं । डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार मौन रहेको भन्दै सांसदहरुले कडा आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले यस बिषयमा तत्काल सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । बैठकमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको तर्क गरे ।

 उनले भने, 'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ। यो भन्दा लज्जास्पद के हुन्छ? आँखाका चिकित्सक सन्दुक रुइतसमेत बिरामी पर्नुभयो। कति मान्छे मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो ?'

नेकपाका सांसद खगराज अधिकारीले प्रकोप भए सरकारको स्वास्थ्य मन्त्रालय र सम्बन्धित स्वास्थ्य संस्थाहरूले नियन्त्रण गर्नुपर्ने बताएका थिए। सांसदहरूले पटक पटक उक्त कुरा उठाएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई डेंगुबारे यथाशीघ्र जवाफ दिन रुलिङ गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

  • ११ फाल्गुण, २०७६

तेह्रथुम । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न

रोल्पा जिल्लालाई यसैवर्ष पूर्ण उज्यालो बनाइसक्छौं-मन्त्री पुन

  • ११ फाल्गुण, २०७६

रोल्पा, थवाङ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा जिल्लालाई यसै वर्ष पूर्णरुपमा उज्यालो बनाई सक्ने प्रतिवद्धता व्यक्त

संविधान संशोधन गर्न नेकपाले बनायो तीन सदस्यीय कार्यदल

  • ११ फाल्गुण, २०७६

काठमाडौं । संविधान संशोधनबारे गृहकार्य बढाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको