• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बलात्कार प्रयास गर्ने दुई पक्राउ

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा  प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।
 
खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन् । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना६ख ९३४४ नम्बरको  बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरूले बस घुमाएर मोरङको रंगेली नगरपालिका–९ मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् । 

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर