• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल्ड साइटमा देखिएको समस्याबारे छलफल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्र्तगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल्ड साइटमा देखिएको समस्याबारे सम्बन्धित मन्त्रालय र सरोकारवालसँग छलफल गर्ने भएको छ ।

सिसडोलवासीले भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग परामर्श गर्न लागेको हो । केही दिनअघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौताअनुसार पूर्वाधार निर्माण र क्षतिपूर्तिको व्यवस्था गरी भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए । 

समितिले सिसडोलवासी र बञ्चरेडाँडामा निर्माणधीन ल्यान्डफिल्ड साइटको समस्या समाधानका लागि सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाडौं महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।

समितिको बिहीबारको बैठकमा समिति सदस्यहरूले जिपछिरिङ लामा, गणेशकुमार पहाडी, बिनाकुमारी श्रेष्ठ, सञ्जयकुमार गौतम र महेन्द्र राय यादवले फोहोर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरी सहमतिअनुसारको पूर्वाधार निर्माण र क्षतिपूर्ति दिलाउने विषयमा भइरहेको ढिलाइबारे सम्बन्धित निकायसँग छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेका थिए ।

समितिले अगामी असोज १ गते बल्खु–दक्षिणकाली सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि विहीबारका लागि पूर्वनिर्धारित खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर