उच्च अंकले घट्यो सेयर बजार, १४९ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि बजार उच्च अंकले घटेको छ । पहिलो दिन आइतबार झण्डै १८ अंकले घटेको नेप्से सुचक सोमबार १६ दशमलव १८ अंकले घटेर १ हजार १ सय २३ दशमलव ८३ को बिन्दुमा बजार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन १६९ कम्पनीको ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँको १२ लाख ४८ हजार ४०९ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये छिमेक लघुवित्तको आज सर्वाधिक किनबेच भएको छ । कम्पनीको एक करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यसैगरी, नेपाल बैंकको एक करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सिटिजन बैंक इन्टरनेसल, एनआइसि एशिया, सिद्धार्थ बैंक र नेपाल लाईफ इन्स्योरेन्सको एक करोडभन्दा माथिको सेयर खरिदबिक्री भएको छ ।
यसदिन कारोबार भएका कुल १६९ कम्पनीमध्ये २० कम्पनीका लगानीकर्ताले सामान्य कमाएका छन् भने १४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यस दिन कारोबारमा आएका बाह्र उपसूचकमध्ये ट्रेडिङ बाहेकका सबै उपसूचक ऋणात्मक रहेका छन् ।
प्रतिकृया दिनुहोस