• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 03:35 am

सिंहदरबारबाट पक्राउ परेका पत्रकारहरु रिहा

काठमाडौं । सिंहदरबारबाट पक्राउ परेका पत्रकारहरु रिहा भएका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरको रोहवरमा रिहा गरिएको हो ।

यसअघि सोमबार दिउँसो  रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको थियो । रेडियो नेपालको कार्यालयमा तालाबन्दी गर्ने निर्धारित कार्यक्रमअनुसार रेडियो नेपालको कार्यालयअघि पुगेका पत्रकारलाई  पक्राउ गरिएको हो ।    

पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरू जन्मदेव जैशी, मीन बम, यम विरही लगाएत थिए । 

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दीपायलबाट निष्कासित गरेका तीनजना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै

  • २७ असोज, २०७६

काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित

कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु

  • २७ असोज, २०७६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु

बिरामीका आफन्तद्वारा अस्पतालमा तोडफोड

  • २७ असोज, २०७६

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै