• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 02:51 am

संविधानलाई सबैले अपनत्व गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस–२०७६ भव्य रूपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।     

उपसमितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले समावेशिताका आधारमा बनेको यो संविधानले सबै नेपाली जनताका विचारको प्रतिनिधित्व गरेको छ उल्लेख गर्दै मौलिक अधिकार, रोजगारी, खाद्य सम्प्रभूता, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गरेको यो संविधानलाई सबैले सम्मान एवं अपनत्व गर्नुपर्ने बताए ।
    
संविधान दिवसलाई भव्यता प्रदान गर्न प्रचारप्रसार उपसमिति, झाँकी व्यवस्थापन उपसमिति र मञ्च व्यवस्थापन उपसमिति बनेको र सबै समितिले गर्नुपर्ने काम पूरा भएको सो अवसरमा जानकारी गराइयो । 

असोज २, ३ र ४ गते भव्य रूपमा मनाउने यो दिवस ३ गते विराटनगर महानगरपालिकाको आदर्श माविमा हजारौं मानिस उपस्थित हुने र नगर परिक्रमा गरेर स्थानीय सहिद रंगशालामा पुगी एक समारोहबीच सम्पन्न हुने बताइएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्काउट, म अघि बढ्छु कार्यक्रमका विद्यार्थी, विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी, जनप्रतिनिधि, विभिन्न टोल संगठनका प्रतिनिधि, नागरिक समाज, उद्योगी र व्यापारीको उल्लेखनीय सहभागित हुने बताइएको छ । 
    
समारोहमा नेपाली साहित्य, खेलकुद र पर्वतारोहण क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व ब्याकुल माइला, मीरा राई र कामीरीता शेर्पालाई सम्मानसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरकारीको मूल्य अकासियो

  • १ कार्तिक, २०७६

सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा

बसपार्कमा यात्रु ताने ५०० जरिवाना

  • १ कार्तिक, २०७६

वीरेन्द्रनगर । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क

हत्या आरोपी वार्ड अध्यक्षहरुको पद सुरक्षित !

  • ३० असोज, २०७६

विराटनगर । व्यक्ति हत्याको अभियोगमामा अदालतमा मुद्दा दर्ता भएको तीन महिना भइसक्दा पनि मोरङका दुई स्थानीय तहका तीन जना जनप्रतिनिधि निलम्बनमा परेका