जयललिता जस्तै देखिन कंगना रनाउटले गराइन् यस्तो मेकअप, श्वास लिनै गाह्रो भयो

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनाउट विद्रोही स्वाभाव भएकी मिहिनती अभिनेत्रीको रुपमा चनिन्छिन् । उनी फिल्ममा आफूले निभाउने चरित्रप्रति गम्भिर र मिहिनेत गर्छिन् । 

दक्षिण भारतीयकी दिवांगत नेतृ जयललिताको बायोपिक ‘थलाइभी’मा अभिनेत्री कंगना रनाउटले जयललिताको भूमिका निभाउँदैछिन् । यस भूमिकाका लागि कंगनाले कडा मिहिनत गरिरहेकी छिन् । 

शुक्रबार ‘टिम कंगना रनाउट’ इन्स्टाग्राम पेजबाट केही तस्विर सार्वजनिक भएका छन्, जसमा प्रोस्थेटिक मेकअपको मद्दतबाट कंगनालाई जयललिता जस्तो देखाउन प्रयास भइरहेको छ । 

लुक टेस्टका लागि दुई दिनअघि अमेरिकाको लस एञ्जल्स पुगेकी कंगनाको उक्त तस्विरसँगै पोस्टमा भनिएको छ – ‘थलाइभी’का लागि लस एञ्जल्सस्थित ज्यासोन कोलिन्सको स्टिुडियोमा प्रोथेस्टिक मेकअप गराउँदै कंगना रनाउट । जयललिताको बायोपिक पक्कै पनि माइन्ड ब्लोइङ हुनेछ ।

कंगना रनाउटको तयारी देखेर उनी फिल्मलाई लिएर निक्कै गम्भिर रहेको देखिन्छिन् । तस्विरमा कंगनाको पुरै शरीरमा रंगले पोतिएको देखिन्छ र उनलाई श्वास लिन गाह्रो भइरहेको देिखन्छ । 

हलिउड मेकअप आर्टिस्ट ज्यासोन कोलिन्सले यसअघि फिल्म ‘क्याप्टेन मार्भेल’का अभिनेता बोरी लार्सनका लागि पनि प्रोथेस्टिक मेकअप गरिसकेका छन् । 

यस फिल्मका लागि कंगनाले २० करोड भारु लिएको बताइएको छ । ‘थलाइभी’का लागि यतिबेला कंगना भरतनाट्यम र तमिल भाषा पनि सिकिरहेकी छिन् । खबरका अनुसार, यस फिल्मको सुटिङ तिहार सकिए लगत्तै सुरु हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर