• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा

काठमाडौं । संसारकै सवैभन्दा अग्लो भ्यू टावर संयुक्त अरव इमिरेट्सको बुर्ज खलिफा आज शुक्रबार नेपालको झण्डासो रंगिएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाल सरकार, दवईस्थित नेपाली दुताबासको पहलमा १ सय २४ तले बुर्ज खलिफामा नेपाली झण्डा रंग्याईएको हो ।

स्थानीय समय अनुसार राती ९–१० बजे बुर्ज खलिफालाई नेपाली झन्डाले रंग र बत्तिको माध्यमबाट रंग्याउन लागेको युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले समाचार दैनिकलाई जानकारी दिए । 

संयुक्त अरब इमिरेट्सकोस्थित नेपाली राजदूतावासको फेसबुक पेजमा लेखिएको छ, ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९स्१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन द्यगचव प्जबषिब मा पहिलो पटक झलमलाइँदै ।’

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको संझनामा आज विश्वभरका नेपालीले संविधान दिवस मनाएका छन् ।

विश्वका अन्य देशका महत्वपूण समाराेहमा समेत बुर्ज खलिफा टावरमा साेही देशका सामाग्रीहरू प्रदर्शन गर्ने गरिएकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर