• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

रेशम चौधरी छुट्ने संकेत गर्दै प्रचण्डले भने–‘झुटा मुद्दा खारेज गर्ने सैद्दान्तिक सहमति भएको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्ने बताएका छन् । आइतबार सुनसरीमा जितिया महोत्सवको सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।  

जितिया पर्वको अब थारुहरुको मात्र नभएर पहाडियाहरुको पर्वको रुपमा विकसित भएको उल्लेख गरे । साथै, उनले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्दान्तिक सहमति भइसकेको पनि बताए । सम्बोधनको क्रममा उनले भने–‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’

सम्बोधनको क्रममा उनले टीकापुर घटनाका दोषि  ठहर भई जेलमा रहेका रेशम चौधरीको नाम उल्लेख भने गरेनन् । उनले १० वर्षे जनयुद्दमा आफूलाई थारु समूदायले गरेको सहयोगको स्मरण गर्दै उनले भने–‘थारु समूदायलाई एउटा, सोझो र मेहेनती समूदायको रुपमा विश्वले चिन्दछ । तर, त्यसो भन्दैमा अरु टाठाबाठा समूदायले शासकको रुपमा दिगभ्रमित पार्ने काम पनि धेरै वर्षदेखि हुँदै आएको छ ।’

अध्यक्ष दाहालले पछिल्लो समयमा थारुहरु आफ्नो पहिचान र अधिकारका निम्ति धेरै पहल गरेको बताए । संविधान बनाउँदा समाजवादउन्मूख संविधान बनाएको भन्दै नेपाललाई समृद्दिको यात्रामा लाने संकल्प गरेको बताए । 

नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा राखे । संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर भनेर लिखित असहमति राखेको स्मरण गर्दै उनले भने, ‘संविधान गतिशील दस्तावेज हो र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।’

थारु समूदायसंगको आफ्नो साथ सधैं रहने उनले प्रतिवद्दता जनाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर