जनता बैंकले कति दिने भो लाभांश

काठमाडौं । जनता बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार बसेको २९१ औं बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले प्राप्त गर्नेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर