• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 09:45 pm

मेलम्ची खानेपानी आयोजनामा सरकारले आर्थिक चलखेल गरेको देउवा आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका हुन् ।

कांग्रेस सभापति देउवाले संविधान र कानुनविपरीत बुढीगण्डकी जलविद्युत् आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे । ‘विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो, ‘संविधान र कानुनी रूपमा पनि विनाप्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ ।’ 

नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले ओली सरकारले शून्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दाबी गरे । 

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दै सह्य नहुने चेतावनी पनि दिए । कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्र पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दाबी गरे । उनले पार्टीलाई अघि बढाउन पार्टीभित्रको एकताको आवश्यक्तामा पनि जोड दिए । पार्टी सभापति देउवालाई मात्र गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाइ थियो ।

महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

  • १३ फाल्गुण, २०७६

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र