पाल्पामा उपचारका क्रममा गर्भवती महिलाको मृत्यु

अस्पतालको लापरवाहीले मृत्यु भयो : आफन्त

पाल्पा । पाल्पामा उपचारको क्रममा अस्पतालको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका–४, हुमिनकी २४ वर्षीया निपिन्द्रा सूर्यवंशीको उपचारका क्रममा मृत्यु भएको हो । सुत्केरी हुने मितिभन्दा एक महिना अघि नै रक्तश्राव भएर उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याइएको र उपचारका क्रममा नर्स र डाक्टरको लापरबाहीले मृत्यु भएको मृतकका श्रीमान केशर बहादुर सुर्यवंशीले बताए ।

सुर्यवंशीलाई मंगलबार बिहान उपचारका अस्पताल लगिएको थियो । अस्पतालले भने उच्च रक्तचापका कारण बच्चाको गर्भमै मृत्यु भएपछि शल्यकृया गरिएको र शल्यकृयापछि थप उपचारका क्रममा सुर्यबंशीको बुधबार राती मृत्यु जनाएको छ ।

मृतकको बुधकार दिउँसो शल्यक्रियाबाटै मृत अवस्थामा बच्चा निकालेका थिए । विपन्न परिवारका उनीहरुले स्थानीय प्रशासनमा निवेदन दिएर अन्य झन्झट बेहोर्न नचाहेको मृतकका जेठाजुले बताए । बुधबार बिहान बच्चा पेटभित्रै चलेको अस्पतालकी डाईरेक्टर रचेल कारकले बताईन । आकस्मिक रुपमा बच्चा चल्न छाडेपछि बिरामीलाई शल्यक्रिया गर्नु परेको र उच्चरक्तचाप र फेक्सोमा समेत सम्स्या भएको हुदाँ उनको मृत्यु भएको कारकले बताईन । नेपालमा यस्तो प्रकारको समस्याबाट वार्षिक २१ प्रतिशत महिलाको मत्यु हुने गरेको डाईरेक्टर कारकले बताईन ।  

उपचारको क्रममा लापरवाही नभई बिरामीको धेरै समस्याले गर्दा नै मृत्यु भएको युनाइटेड मिसन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर