छुट मुक्त हलियाका नाममा संकलन गरेको अवैध रकम ७ दिनभित्र फिर्ता गर्ने सहमति

कैलाली ।  छुट मुक्त हलियाका नाममा संकलन गरेको अवैध रकम ७ दिनभित्र फिर्ता गर्ने दुई पक्षबीच सहमति भएको छ ।अवैध रकम संकलन गर्ने हलिया मुक्ति जिल्ला समिति कञ्चनपुरका केन्द्रीय सचिव कृष्ण विकले ७ दिनभित्र रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने सहमति जनाएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्याङक संकलन गर्ने नाममा सो संस्थाले लाखौँ रकम संकलनमा थियो । छुट मुक्त हलियालाई घरजग्गा उपलब्ध गराउने नाममा हलिया मुक्ति जिल्ला समिति कञ्चनपुरले अवैधानिक रुपमा रकम संकलन गरिरहेको पाइएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले छुट हलिया मुक्ति जिल्ला समिति कञ्चनपुरलाई ९ जिल्लाको ‘छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्याङ्क उपलब्ध गराउँ’ दिएको पत्रमा भेटिएको छ । छुट हलिया मुक्ति जिल्ला समिति कञ्चनपुरले अहिले ९ जिल्लाका छुटेका छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीबाट विभिन्न बहाना बनाइ घर जग्गा दिने आशमा २ हजार १ सय शुल्क गरिब जनताबाट असुलेको भेटिएको छ ।

अवैधानिक काम गरेको भन्दै जिल्ला हलिया मुक्ति समाज डडेल्धराले हलिया मुक्ति जिल्ला समिति कञ्चनपुरमा मुद्धा दर्ता गरेपछि केन्दीय सचिव कृष्ण विक जिल्ला प्रशासनले हाजिर गरायो । लामो छलफलपछि डडेल्धुरामा ५५ जनाबाट अवैध रकम संकलन गरेको देखिएको छ । उक्त संस्थाले ७ दिनेभित्र रकम फिर्ता गर्ने लेखित प्रतिवद्धता गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले बताए ।

  

संस्थाको विधानमा कञ्चनपुर जिल्लामा मात्र कार्यक्षेत्र रहने भने प्रष्ट उल्लेख भएपनि विधान विपरीत काम गरिरहेको पाइएको थियो । सचिव विकका अनुसार कञ्चपुरमा मात्र कार्यक्षेत्र हुनेगरि दर्ता भएको संस्थाले ९ जिल्लामा काम गर्ने विधान बनाइसकेको र कार्यक्षेत्रका सबै स्थानीय तथा जिल्ला प्रशासनहरुलाई पत्र पठाएको दाबी छ ।

उनले भने, ‘हाम्रो संस्थाको पुरानो विधानमा त्यो थियो अहिले हामीले आवश्यकताअनुसार परिर्वतन गरी सकेका छौं । २ हजार १ सय नतिर्ने सक्नेको पनी नामावली संकलन गर्ने गरिरहेका छौ ।’ तर, डडेल्धुराका सात वटै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा कुनै पत्र छैन् ।

याे पनि ः 

छुट मुक्त हलियाको नाममा लुट : पत्र एक, काम अनेक !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर