• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 ‘मिस्टर दारी २०१९’ को ग्राण्ड फिनाले आज , पहिलो बिजेता को होला ?

 काठमाडौं ।  नेपालमा भैरहेको फरक प्रतियोगिता ‘मिस्टर दारी २०१९’ को ग्राण्ड फिनाले आज हुँदैछ ।   उक्त कार्यक्रम ठमेल स्थित छायाँ सेन्टरमा आज दिउँसो २ बजे सुरुहुनेछ ।प्रतियोगिताको ग्राण्ड फिनालेका लागि २० पुरुष छानिएका छन् ।

उनीहरु मध्ये विभिन्न विधाको साथमा बिजयी प्रतियोगी घोषणा गरिने छ ।  उक्त बिजयी प्रतियोगी नै मिस्टर दारीको इतिहासकै पहिलो बिजेता हुने छन् ।

नयाँ कन्सेप्टमा नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ भै रहेको छ  । अन्य पुरुष सौन्दर्य प्रतियोगिताकै ढाँचामा यो शोको आयोजना भएको भएपनि यसभित्रको तरिका भने बिल्कुलै फरक रहेको ‘मिस्टर दारी’ आयोजक ठन्डर प्रोडक्सन टिमको रहेको छ ।

“मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर