• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पत्रु खाना खुवाउदाँ सन्तानमाथि धाेका

काठमाडाैँ । बालबालिकाले खाना खाँदैन भनेर जङ्क फुड अर्थात् पत्रु खाना खुवाउनु त भएको छैन रु छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि सहरसम्मको समस्या भएको पोषणविद् डा.अरुणा उप्रेतीको अनुभव छ ।

चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन रु दिइएको खानेकुरा कति अस्वस्थकर र अखाद्य छन् भन्ने ।

पछिल्लो समय पाकेटको खानेकुरा अत्यधिक रूपमा खाइने र खुवाइने गरिन्छ । पोकेटको खाना स्वस्थकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छोराछोरीको स्वास्थ्यप्रति बेवास्ता गरेको डा. उप्रेतीको अनुभव छ ।

उनका अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो, जसले सुस्तसुस्त शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसला पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ, जसले गर्दा हाडजोर्नी कमजोर हुनुका साथै कहीँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने सम्भावना रहन्छ ।

आयुर्वेदिक चिकित्सक तथा पोषणविद् डा। रुवि वज्राचार्यले पनि बालबालिकालाई पत्रु खानाको बानी आमाबुवाले गर्दा नै पर्ने जानकारी दिए । खाना खाएन भने चाउचाउ, लेज खाऊ भनेर माया गर्ने तर त्यही माया पछि उनीहरूको स्वास्थ्यमा कति असर पर्छ भन्ने हेक्कासमेत हुँदैन । उनी भन्छन्, “बालबालिका धेरै रमाएर जन्मदिनमा केक काट्छन् तर त्यही केकले कति रोग निम्त्याउँछ भने थाहा हुदैन । केकमा गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । ”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर