• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 02:52 am

दशैं नै नमनाउने खोकना [फोटोफिचर]

काठमाडौं । सिंगो देश नै दशैंको माहोलमा रमिरहेको बेलामा खोकनामा भने दशैंको कुनै असर नै पर्दैन् । किनभने त्यहाँ खोकनामा दशैं नै मनाइदैंन् । 

नवरात्रभर मानिसहरु विभिन्न शक्ति पिठ जाँदा खोकनावासी भने रुद्रायणी (सिकाली) जात्रामा व्यस्त हुन्छन् । विजया दशमीका दिन सबैका निधारमा टीका सजिँदा खोकना भने जात्रा सकाएर आराम गरिरहेको हुन्छ ।

घटस्थापनाको दिन देशैभर जमरा राखेर देवी दुर्गाको पुजा गरिँदा खोकनामा भने सिकाली जात्राको रौनक चलिरहेको हुन्छ । घटस्थापनाको दिन खोकनामा मचाः पूजा गरिन्छ । किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर विशेष गोप्य पूजा गरिन्छ ।

तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि व्रत बस्छन् । चौथो दिन प्रत्येक घरमा छ्वयालाबु गरी भोज खाइन्छ ।

छैटौँ दिन (आज) भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरुले नृत्य प्रस्तुत गर्ने गर्छ । गुठीका १४ जना आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिर परिसरमा उफ्रिएर नृत्यु देखाउँछन् ।
 
सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ । गुठीमा रहेका ४६ जना देवगण (गुठीयार)हरु बीच कार्य विभाजन गरिएको हुन्छ। सबैजना महर्जनरडंगोल खलकका हुन्छन् ।

सिकाली जात्रा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ। ४६ जना मध्ये १४ जना देवदेवीको भूमिकामा रहन्छन् ।

विजया दशमीको दिन भने खोकनामा केही हुँदैन। उनीहरु टीका लगाउँदैनन् न लगाउन कतै जान्छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जावालाखेलमा सुरु भयो ‘गोदावरी पुष्प मेला’ [फोटोफिचर]

  • १ कार्तिक, २०७६

काठमाडौं । ललितपुरमा फुलहरुको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फुलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फुलको प्रतियोगितात्मक प्रदर्शनी

चितवनमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रममा जे देखियो... [फोटोफिचर]

  • ३० असोज, २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खाना पारखीका लागि ललितपुरमा ‘पञ्जाबी धमाका’, पञ्जाबका चारवटा मेन्यु (फोटोफिचर)

  • ३० असोज, २०७६

काठमाडौं । होटल भिभान्ताले नेपालका खाना पारखीलाई पञ्जाबको स्वाद चखाउने भएको छ । ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ताले ‘पञ्जाबी धमाका’ को