• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:38 am

जनकपुरधाममा दशैँको रमझम [फोटोफिचर]

जनकपुरधाम । अहिले जनकपुरधामका चोक चोकहरु दुर्गा भगवतीको भजन तथा गीतहरुले गुञ्जायमान रहेको छ । जनकपुरधाममा मात्र नभई वरपरका गाउँ गाउँमा समेत दुर्गा पूजा हुने स्थलहरुमा समेत दुर्गा भगवतीहरुको भजन तथा गीतहरु गुञ्जि रहेको छ । मैथिली, भोजपुरी र हिन्दी भाषाका दुर्गा भजनले जनकपुरधाममा लगायतको स्थानमा दशौको रौनकता समेत बढाएको छ । 

मूर्ति बनाइएर हुने दुर्गा पूजा स्थलहरुमा पूजाका लागि भव्य पण्डालहरु निर्माण गरिएका छन् ।

दशैंमा जनकपुरधामको राजदेवी मन्दिर मुख्य आकर्षणको केन्द्र रहेपनि यहाँ रामानन्द चोक, भ्रमरपुरा चोक, विद्यापति चोक, रजौल लगायतको स्थानमा भव्य मूर्ति स्थापना गरी दुर्गा पूजा गरिंदै छ । 

जनकपुरधाममा दशैंसंगै चहलपहल पनि बढेको छ । जनकपुरधाममा वर्षैपिच्छे दशैंको रमझम बढ्दै गएपछि विदेशीहरुलाई पनि लोभ्याई रहेको छ । दुर्गा पूजाका लागि जनकपुरधामलाई प्रत्येक वर्ष दुल्हीझै सिँगारिन्छ । 

धार्मिक एवं ऐतिहासिक नगरीको रुपमा चिनिएको जनकपुरधाममा घटस्थापनादेखि विजयादशमीसम्म राजदेवी, बौधीमाई, फुलेश्वरी माई देवीस्थान सहितका शाक्तिपीठहरूमा राति दुई बजेदेखिनै पूजा तथा दर्शन गर्नका लागि भक्तजनहरुको लाम लाग्ने गर्छ । एकातर्फ श्रद्धालु भक्तजन देवी भगवतीको दर्शनार्थ पंक्तिबद्ध भएका हुन्छन् भने अर्कोतर्फ वैदिक विधि तथा मिथिलाको परम्पराअनुसार हवन र यज्ञ, स्तुतिगान, दुर्गापाठ सहितका भजन कीर्तन भईरहेको देख्न सकिन्छ । 


घटस्थापना पछिको छैठौँ दिनमा शक्तिपीठहरूबाट बाजागााजाका साथ भजन कीर्तनका साथ झाँकी निकाली कुनै निर्धारित समयमा गएर बेलवृक्षलाई पूजा गरिन्छ । जसलाई बेलनौती भनिन्छ । पूजापश्चात् एउटै हाँगामा जुधेर फलेको बेल फललाई पहेंलो वा रातो कपडाले बेरेर मन्त्रोच्चार गरी बाँधिन्छ ।
 
घटस्थापनाको सातौं दिन अर्थात् सप्तमी तिथिका दिन सो बेल फललाई टिपेर शक्तिपीठहरूमा ल्याई भगवतीका चरणमा राखेर वलि प्रदान गरिन्छ ।

जनकपुरधामको केन्द्रमा पर्ने राजदेवी मन्दिरमा अष्टमीका दिन ठूलो भीड लाग्ने गर्छ । सर्वसाधारणका लागि राजेदेवीको पटद्वार एक दिन अष्टमीमा मात्रै खुल्ने परम्परा रहेकाले सो दिन यहाँ लाखौं भक्तजनको भीड हुन्छ । दर्शन तथा पुजा अर्चना गर्नको लागि भक्तजनहरू पाँच किलोमिटरसम्म लाइनमा बसेका हुन्छन् । तर राजदेवी मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हून्छ । मन्दिरका महन्थ राम गिरीका अनुसार महिनावारी भएका महिला पनि मन्दिरमा प्रवेश गर्न सक्ने भएकाले महिलाको प्रवेशमा रोक लगाइन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’...[फोटोफिचर]

  • २७ असोज, २०७६

काठमाडौं । ‘कहीँ नभएको जात्रा’को रुपमा परिचित चोक्टे नारायण जात्रा धुमधामका साथ मनाइएको छ । काठमाडौंको हाँडीगाउँमा  जात्रा धुमधामकासाथ मनाइएको

राष्ट्रपति सीको स्वागतका लागि सजियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(फोटोफिचर)

  • २४ असोज, २०७६

काठमाडौं । शनिबारदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएको त्रिभुवन

अस्ताउँदो ०७६ को दशैं : टिका, जमरा, पिङ्ग र हरियाली [फोटोफिचर]

  • २४ असोज, २०७६

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैंको लगभग अन्ततिर हामी आइपुगेका छौं । देशका ७५ वटै जिल्लामा धुमधामसहित दशैं मनाइयो । कतिपय ठाउँमा