• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडद्वारा ग्रानडा पराजित

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ । शनिबार भएको खेलमा रियलले ग्रानडालाई ४–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक एक गोल गरे ।

ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा हजार्डले गोल गर्दै रियलको अग्रता २–० को बनाए  । यसै सिजन क्लब आएका हजार्डले रियलका लागि पहिलो गोल गरेका हुन् ।

खेलको ६१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । ६९ औं मिनेटमा ग्रानडाका डार्विनले पेनाल्टीमा गोल गर्दै खेल ३(१ मा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिन्गोसले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो । तर, खेलको ९० औं मिनेटमा रोड्रीगेजले गोल गर्दै रियललाई ४–२ को जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलमा १८ अंक जोडेको छ । रियलको यो पाँचौ जित हो । पराजित ग्रानडा ८ खेलमा १४ अंक जोडेर दोस्री स्थानमा छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २–१ ले हराएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर