• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 02:51 am

चाडपर्वलाई कसरी हेर्ने ?

कुनै पनि समाज त्यहाँको मौलिक संस्कृति, चालचलन, रहनसहन र चाडपर्वहरुका माध्यमबाट बलियो बनेको हुन्छ । संस्कृतिको स्वरुप तरल हुने भएकोले यो एक समाजबाट अर्को समाजमा बगेर जाने वा एकअर्काका सँस्कृति र चाडपर्वलाई प्रभावित गर्ने खालको हुन्छ । समाज विकासका क्रममा एकप्रकारको संस्कृतिमा आधारित समाज बदलिएर अर्के संस्कृति बोकेको समाजमा रुपान्तरण पनि हुनसक्छ ।

इतिहासलाई केलाउँदा यस्ता धेरै घट्नाहरु देख्न सकिन्छ । सिन्धुघाटीको सभ्यता विकासकै क्रममा त्यहाँका रैथाने सिन्धुवासीहरु र त्यहाँ बसोवास गर्न आएका आर्यहरुबीच लामो संघर्ष चल्यो र अन्ततः आर्यहरुको सामाजिक साँस्कृतिक पक्षका केही चरित्र र सिन्धुवासीहरुको सामाजिक साँस्कृतिक पक्षका केही चरित्र बोकेको नयाँ ढंगले साँस्कृतिक विकास भयो । त्यस्तै किँरातहरुले आफ्नो देवता मानेका शिव पछि गएर आर्यहरुका पनि देवता बन्न पुग्यो । हाम्रै सानो देश नेपालका उस्तै जात, धर्म, संस्कृति बोकेकाहरुका बीच पनि कतिपय सन्दर्भमा पूर्वतिर एकतरिकाले र पश्चिमतिर अर्को तरिकाले सामाजिक चलन चलाईरहेको समेत देखिन्छ । केही मात्रात्मक अन्तर भएपनि समग्र समाजलाई हेर्ने हो भने त्यहाँ निश्चित मूल्यमान्यता बोकेर सामाजिक परिवेश तयार भएको हुन्छ ।

माक्र्सवाद सामाजिक विज्ञान हो । विज्ञानका सुत्रहरुलाई सामाजिक मनोविज्ञानको कसीमा हेर्छ यसले । त्यसैले माक्र्सवाद बैज्ञानिक समाजशास्त्र पनि हो । सामान्यतः समाजशास्त्रले समाजको व्याख्या मात्र गर्दछ तर माक्र्सवाद त्यस्तो समाजशास्त्र हो जसले समाज बदल्ने कुरा गर्छ । तसर्थ हरेक माक्र्सवादीहरुले चाडपर्व, साँस्कृतिक चलन मनाउँदा समाजसँग घुलमिल पनि भइदिने अनि त्यसमा आमूल परिवर्तन पनि गर्न चाडपर्वमा रुपान्तरण ल्याउनुपर्छ ।

 


यी समाजिक मूल्य मान्यता अथवा भनौं सामजिक चालचलनहरु आफ्नो सामाजिक समूहलाई बलियो बनाउँन बनाइएका हुन्छन् । कुनै पनि समाजमा परम्परादेखि आध्यात्मवाद ढंगबाट संस्कृति , चालचलन र चाडपर्वको विकास गराइएको पाइन्छ । परम्परादेखि चलिआएको संस्कृतिलाई मानिसहरुले हत्तपत्त त्याग्न खोज्दैन । त्यो संस्कृतिभित्र उसले पूर्खाको सम्झना, आफ्ना हजुरबुवा–आमा, मातापिताको आस्था खोज्नपुग्छ र उसभित्र त्यसलाई जोगाउँने अभिष्ट पलाउँन पुग्छ । त्यसैले समाजमा गहिरोसँग जरा गाडेको सामाजिक चलन, संस्कृति, चाडपर्वहरुलाई हठात खारेज गर्छु भन्न खोज्यो भने खारेज गर्न चाहने व्यक्ति, समूहहरु नै बहिस्करणमा पर्छन् । तर यति हुँदा हुँदै पनि सामाजिक चलनभित्र रहेका अन्धविश्वास, आध्यात्मिक आडम्बर र रुढिवादको अन्त्य गर्न त लाग्नै पर्ने हुन्छ । 


समाज परिवर्तनका सम्बन्धमा दुईवटा मान्यता छन् । एउटा मान्यताले भन्छ समाज विस्तारै क्रमिक सुधारका रुपमा बदलिँदै जान्छ । अर्को मान्यताले भन्छ समाज गुणात्मक क्रमभङ्गताको मार्गबाट मात्र सम्भव छ । पहिलो मान्यता भनेको सर्पको जस्तो घस्रने हिँडाई जस्तो हो जसमा टाउको अगाडि बढिसक्दा पनि पुच्छर पुरानै ठाउँमा रहेको हुन्छ । यसखाले परिवर्तन धेरै बर्ष र कालखण्डपछि मात्र देखिन्छ । दोस्रो मान्यता भनेको भ्यागुत्ताले जस्तो बुरुक्क उफ्रने हिँडाई जस्तो हो जसमा पुरानो ठाउँलाई पुरै छोडेर छलाङ्ग लगाउँदै नयाँ ठाउँमा पुग्ने रहेको हुन्छ । यसखाले परिवर्तन सामाजिक क्रान्ति, बलप्रयोगबाट हुने गर्छ । समाजमा परिवर्तन ल्याउँने भनेको यहि भ्यागुत्तोको उफ्र्याई जस्तो शैलीबाट हुनुपर्छ । अब चाडपर्व, साँस्कृतिक चलनमा उभिएको सामाजिक परिवेशलाई कसरी क्रमभंग गरेर लैजान सकिन्छ भन्ने प्रश्न उठ्नसक्छ । 


अहिलेसम्म समाजमा जुनखाले चाडपर्व र सँस्कृतिहरु चलेका छन् ती सबै आध्यात्मवादी विषयवस्तुमा आधारित छन् । अर्थात यी चलनहरु सामन्तवादलाई बलियो बनाउँने नियतले बनाइएका छन् । यसलाई फेर्न जरुरी छ । मानिसको धार्मिक आस्थासँग जोडिएका चाडपर्वहरुलाई हठात बदल्न सकिन्न । यसका लागि द्वन्दात्मक भौतिकवादले भनेजस्तो मात्रात्मक परिवर्तनमा जोड् दिँदै अन्ततः गुणात्मक परिवर्तमा लैजानुपर्छ । भनाईको तात्पर्य चाडपर्वभित्र भौतिकवादी रुपान्तरण पहिले गर्ने प्रयत्न गर्नुपर्छ । भौतिकवादी रुपान्तरण भनेको चलिरहेको चाडपर्वभित्र रहेका आध्यात्मिक आडम्बर, अन्धविश्वास र रुढिवादलाई हटाउँनुपर्छ तर समाजसँग घुलमिल हुँन ती चाडपर्वहरुलाई तीरस्कार गरिहाल्नु हुँदैन । समाजका ठूलो तप्काले आस्था राखेको कुरालाई बहिस्कार गर्दा आफैं बहिस्कृत भइन्छ ।

 

हाम्रो समाजमा दशैं, तिहार, विभिन्न जात्राहरु जस्ता धेरै ठूला पर्वहरु छन् । ती पर्वहरुभित्र कतिपय सकारात्मक पक्ष पनि रहेका छन् । बर्षको एकपटक सबै आफन्त एकैठाउँ उपस्थित भई भावना साटासाट गर्ने अवसर सृजना हुनु, बुवाआमा र अग्रजहरुबाट सकारात्मक कामना ग्रहण गर्नु, दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउँनु ,सामाजिक सम्बन्ध बलियो पार्नु जस्ता कुराहरु सकारात्मक पक्षहरु हुन् ,त्यसैले यसलाई मलजल गर्न विद्यमान साँस्कृतिक चाडपर्वसँग घुलमिल हुनुपर्छ ।

 

माक्र्सवादीहरुले यो हेक्का राख्दै द्वन्दात्मक भौतिकवादले स्पष्ट गरेको यथार्थ अनुरुप पुरानोको गर्भबाट नयाँको जन्म हुन्छ अनि पुरानोकै अवयवहरु भित्र नयाँको विकास भई अन्ततः नयाँले पुरानोलाई निषेध गर्छ अर्थात अन्त्य गर्छ भन्ने मान्यतालाई लिनुपर्दछ । यसको अर्थ भ्यागुत्तोको जस्तो उफ्र्याई गर्नुपूर्व उफ्र्याईको आत्मगत अवस्था, वस्तुगत अवस्था सबै तयारी गर्नुपर्छ भनेको नै हो । तसर्थ भ्यागुत्तो जस्तो क्रमभङ्ग चाल चलिरहँदा आउँने नयाँ ठाउँ समतल मैदानमा पुग्छ कि अर्कोपटकको छलाङ्ग लगाउँन नै नसक्ने गरी कुवाभित्र पुग्छ भन्ने मूल्यांकन गर्नु जरुरी हुन्छ ।


हाम्रो समाजमा दशैं, तिहार, विभिन्न जात्राहरु जस्ता धेरै ठूला पर्वहरु छन् । ती पर्वहरुभित्र कतिपय सकारात्मक पक्ष पनि रहेका छन् । बर्षको एकपटक सबै आफन्त एकैठाउँ उपस्थित भई भावना साटासाट गर्ने अवसर सृजना हुनु, बुवाआमा र अग्रजहरुबाट सकारात्मक कामना ग्रहण गर्नु, दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउँनु ,सामाजिक सम्बन्ध बलियो पार्नु जस्ता कुराहरु सकारात्मक पक्षहरु हुन् ,त्यसैले यसलाई मलजल गर्न विद्यमान साँस्कृतिक चाडपर्वसँग घुलमिल हुनुपर्छ । तर त्यहि चाडपर्वभित्र उच्च वर्गहरुले आफ्नो सत्ता टिकाउँन गरीब वर्गमाथि शोषण गर्ने भाष्य राखेका, एक राजाले अर्को राजामाथि विजयप्राप्त गरेर त्यसलाई विजय महोत्सवका रुपमा मनाउँदै श्रमजीवीहरुको ओजपूर्ण भूमिकालाई समाप्त गरेका, सम्भ्रान्त वर्गले गरीब वर्गको भावनालाई मचक्क कुल्चँदै धनको आडम्बर, दौलतको झकिझकाउलाई प्राथमिकता दिने गरेका र काल्पनिक ईश्वरको आड्मा श्रमजीवीहरुको संघर्षलाई कमजोर पार्न कथेका कथाहरुको संजाल बनाएका जस्ता धेरै खराब कुराहरु चाडपर्व भित्र छन् । त्यसलाई निषेध गर्नुपर्छ । यसरी गलत कुरालाई निषेध गर्दै राम्रा पक्षमा समाजभित्र घुलमिल भइदिनुपर्छ । 


माक्र्सवाद सामाजिक विज्ञान हो । विज्ञानका सुत्रहरुलाई सामाजिक मनोविज्ञानको कसीमा हेर्छ यसले । त्यसैले माक्र्सवाद बैज्ञानिक समाजशास्त्र पनि हो । सामान्यतः समाजशास्त्रले समाजको व्याख्या मात्र गर्दछ तर माक्र्सवाद त्यस्तो समाजशास्त्र हो जसले समाज बदल्ने कुरा गर्छ । तसर्थ हरेक माक्र्सवादीहरुले चाडपर्व, साँस्कृतिक चलन मनाउँदा समाजसँग घुलमिल पनि भइदिने अनि त्यसमा आमूल परिवर्तन पनि गर्न चाडपर्वमा रुपान्तरण ल्याउनुपर्छ । आफूलाई माक्र्सवादी पनि भन्ने अनि समाजले के भन्छ भन्दै पुरानै ढर्रामा देवीपूजा, ढुंगापूजा, ईश्वरको मूर्तिमा आरती गर्न पुग्छ भने ऊ सबै भन्दा ठूलो माक्र्सवादको दुश्मन हो भन्दा हुन्छ ।


चाडपर्व र सँस्कृतिभित्र कुनै यस्ता चलन पनि छन् जसले मानिसले मानिसलाई नै विभेद गर्ने मान्यता मात्र बोकेका छन् भने त्यस्ता चाडपर्वहरुलाई उचित तर्कका साथ बहिस्कार गर्नुपर्छ । ब्रतबन्ध जस्ता पर्वहरु जसले केहीलाई उच्च मानिस र अरुलाई नीच मानिस भनी विभाजित गराउँने सारतत्व बोकेको छ भने त्यस्ता पर्वलाई निर्ममतापूर्वक बिरोध गर्नुपर्छ । यसरी विरोध गरिरहँदा हेपिएका जनसमूदायलाई साथमा लिएर जानु उपयुक्त हुन्छ । फेरि विरोध गर्ने नाममा अरुका आस्थामाथि अराजक प्रहार ग¥यो भने त्यहाँ आतंकपूर्ण युद्ध जन्मिन सक्छ । भौतिकवादको प्रचार गर्ने नामामा ब्राह्मण समूदायकाको टुपी काटिदिने, साँस्कृतिक क्रान्ति गर्ने नाममा मन्दीर र मुर्तिमा लात्तले हान्ने वा पिसाब फेर्दै हिँडने , कुनै अरु देशका मुस्लिमले गरेका आतंककारी कामको विरोध गर्ने नाममा आफ्ना देशका मुस्लिम समूदायलाई अपमानित गर्ने जस्ता अराजक कार्य गर्नुहुँदैन । यदाकदा यस्ता घटनाहरु देखिने गरेका छन् ।

नेपालमा अहिले कम्युनिष्ट नामको पार्टीको सरकार छ । कतिपय मन्त्रीहरु बोको काटेर मन्त्रालय पस्ने, कतिपयले आफैं पलेँटी मारेर रुद्रीपूजा गर्ने, भौतिकवाद भन्दा आध्यात्मवाद ठीक हो भनेजस्तो गरी भाषण ठोक्ने कार्य गरेको देखिन्छ । यो कम्युनिष्टहरुले नगर्ने कुरा हो । आध्यात्मवादीहरुले त कम्युनिष्ट मन्त्रीलाई सकभर चरु होम्न लगाउँने, चण्डी पाठ गराएर कार्यक्रम उद्घाटन गराउँने तिर नै बल गर्छन । ठूला पदमा रहेका कम्युनिष्ट भनाउँनेहरुले कतिपय कार्यक्रममा जनताको मन राख्न सहभागी भए पनि धार्मिक पाखण्ड गराउँन प्रयत्न गर ेभने त्यसबाट जोगिएर अरु कसैलाई त्यो गर्न लगाउँने र आफू दर्शक भइदिने गर्नुपर्छ । बाध्यता प¥यो भन्ने छुट कम्युनिष्टलाई हुँदैन र बाध्यतामा गरियो भनेर कसैले भन्छ भने ऊ कम्युनिष्ट हैन, कम्युनिष्ट खोल ओढेको फटाहा हो भनेर बुझ्नुपर्छ ।

कतिपय रुपान्तरण गर्न सकिने चाडपर्व र साँस्कृतिक चलनलाई हठात निषेधको रणनीति अपनाउँदा बीचमा पैदा हुने शुन्य अवस्थालाई साम्राज्यवादीहरुले साँस्कृतिक अतिक्रमण गरि मौलिक चलनका ठाउँमा आफ्नो संस्कृति लादेर देशलाई नै साँस्कृतिक उपनिवेश बनाउँन सक्ने खतरा पनि रहन्छ । बुवाआमाको मुख हेर्ने, गुरुलाई श्रद्धा गर्ने जस्ता चाडपर्वहरु उपयुक्त छन् । जतिसुकै निष्ठूर छोराछोरी वा विद्यार्थीलाई पनि त्यो दिन आफ्ना मातापिता र गुरुप्रति नतमस्तक बन्न कर लगाउँछ यस्ता पर्वले । यस्ता पर्वलाई सापेक्षित भावका साथ प्रोत्साहन गर्नुपर्छ । हैन भने ती पर्वका ठाउँमा साम्राज्यवादीहरुले तामझाम गरेर ल्याएको फादर्श डे, मदर्श डे, भ्यालेन्टाइन डे जस्ता चाडपर्व घुसाएर साँस्कृतिकरुपले जनतालाई आफ्नो दास बनाउँने योजनामा लाग्न ठाउँ मिल्नेछ ।

सामाजिक समस्या भनेको भौतिक विज्ञानले शल्यक्रिया गरे जस्तो प्रभावित ठाउँलाई झिकेर फ्याँकेजस्तो सजिलो हुन्न । सामाजिक समस्या त धेरै जन्जालमा जेलिएको हुन्छ र त्यसलाई सरलबाट जटिल किसिमका थुप्रै शल्यक्रिया गरेर जानुपर्ने हुन्छ । मूलकुरा के हो भने माक्र्सवादीहरुले सामन्तवादले स्थापित गरेको चाडपर्वलाई अन्त्य गरी श्रमजीवी जनताको हितपक्षधर चाडपर्वको विकासका लागि बलप्रयोगको भूमिकालाई स्वीकार गर्नैपर्छ । बलप्रयोग गर्ने उचित बस्तुगत अवस्था नआउँदासम्म चाडपर्वको रुपान्तरणका लागि नै बल लगाउँनुपर्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'राष्ट्रपति सीकाे भ्रमण : सगरमाथाकै उचाईमा सम्बन्ध स्थापित'

  • २८ असोज, २०७६

महामहिम चिनिया राष्ट्रपति सी चिनपिंगको नेपाल भ्रमणको विषयमा केन्द्रित हुन चाहान्छु । सबभन्दा पहिला म के निवेदन गर्न चाहन्छु भने हाम्रो निकट र

नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय सुरु

  • २६ असोज, २०७६

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई  देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने

नेपाली जनता केरुङ– लुम्बिनी रेलमार्ग हेर्न इच्छुकः राष्ट्रपति विद्यादेवी भण्डारी (मन्तव्यको पूर्णपाठ)

  • २६ असोज, २०७६

महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस