• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 03:29 am

खसीको मासु बिग्रनबाट जोगाउन यसरी बनाउनुस् पक्कु 

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको रौनक सबैको घरमा छाएको छ ।  दशैँमा विशेष गरि खसी–बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत गर्नको लागि खसीको मासुको पक्कु बनाउन सकिन्छ । खसीको पक्कु बनाएर केही दिनसम्म राखेर खान सकिन्छ । यसमा लसुन प्याज नराखिने हुँदा लामो समयसम्म बिग्रिदैन ।

आवश्यक सामग्री 

खसीको ताजा मासु, बेसार, तोरीको तेल , गरम मसला, नुन, जिरा धनियाँ पाउडर, ल्वाङ्ग सुकमेलको धुलो , रातो धुलो खुर्सानी, दालचिनी, तेजपत्ता

विधि

सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसंग मुछ्ने ।

अब त्यसलाई छोप्ने र कम्तीमा पांच घण्टा यत्तिकै राख्ने । पांच घण्टा पछि मासु निकाल्ने ।

एउटा भाँडोमा तोरीको तेल तताउने ।

तेल तातिसकेपछि त्यसमा तेज्पत्ता, सुकमेल, दालचिनी फुराउने । अब त्यसमा अघि मुछेको मासु पनि राख्ने र राम्रोसंग चलाउने ।

त्यसपछि त्यसलाई बिर्कोले छोपेर १५ मिनेटसम्म पकाउने । 

त्यसलाई चलाउने र फेरी १५ मिनेटसम्म पकाउने । अब त्यसलाई राम्रोसंग चलाउने र ल्वाङ्ग सुकमेलको धुलो राखिदिने ।

त्यसपछि त्यसलाई चलाउने र केहीछिन पाक्न दिने । अनि पक्कु तयार हुन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गोविन्द केसीले आजबाट अवकास पाउने : आन्दोलन जारी राख्ने

  • २७ असोज, २०७६

काठमाडाैँ । चिकित्सा शिक्षा सुधारको माथ राख्दै पटक पटक अनशन बसेका डा.गोविन्द केसीले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अबकाश पाउने भएका छन्

 आलु र काँक्राको अचार खाँदा ३१ जना बिरामी

  • २३ असोज, २०७६

सुर्खेत  । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको

महिलाको योनी र पूरूषको लिंगबारे रोचक तथ्य

  • २० असोज, २०७६

काठमाडौं । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण