• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 12:50 am

दसैंसँगै तरकारीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं ।  दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन ।  अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन । 

दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन । त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ ।

कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा विक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा विक्री गरिएको छ । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो । बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ग्रामीण विकास लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी

  • ७ फाल्गुण, २०७६

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.२०७६÷७७ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ

एन आई सी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा

  • ७ फाल्गुण, २०७६

धनुषा । एन आई सी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग करोबार सुरु गरेको छ

भेरी बबई आयोजनाको निरिक्षण गर्दै उपराष्ट्रपति पुनले भने–'समयमै निर्माण सक्नुहोस'

  • ७ फाल्गुण, २०७६

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज