• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कुमारी र तलेजु जात्रा सम्पन्न 

भक्तपुर । जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारीजात्रा मंगलबार सम्पन्न भएको छ ।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज तलेजुको आगमघरमा ल्याएर विधिवत् रूपमा जात्रा मनाइएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । आजै टिबुक्छेँमा रहेका ११ जना गणकुमारीको समेत तलेजुमा लगेर पूजा गरिएको छ ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको थियो । कुमारीको चर्तुब्रह्म महाविहारमा लगी पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा दशैँमा ५४ बोका, ३२ राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । 

तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर