• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 01:49 am

बुवाको कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ

राजविराज । आफनै बुवाको कुटपिट गरि   हत्या  गरेर  फरार रहेका  कान्छा छोरा  र मृतकका श्रीमतीलाई आज  सप्तरी प्रहरीले पक्राउ गरेको छ  ।  पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए । 

पारिवारीक बिवादका कारण दुई दिन अघि  आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । 

 मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए  । पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा  संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ  । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको  छ  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मानवसेवा आश्रममा मन्त्री दुलालको जन्मदिन : आफैंले खाना पस्कँदै खुवाए, वृद्धवृद्धासँगैै केक काटे

  • ७ फाल्गुण, २०७६

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् । प्रदेश राजधानी हेटौंडास्थित

अनेरास्ववियूको काठमाडौं जिल्लाको एकता टुंगियो, संयोजकमा थापा र सहसंयोजकमा लामिछाने

  • ७ फाल्गुण, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको

शिवरात्रीका साधुलाई राष्ट्रपतिद्वारा राडीदेखि दक्षिणासम्मको व्यवस्था

  • ७ फाल्गुण, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेकी छिन्