• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:13 am

चिनियाँ राष्ट्रपतिको भ्रमण : काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ’, उनले भने ।

प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मगर समुदायको पहिचार बचाइराख्न ऊर्जामन्त्री पुनको आग्रह

  • २७ असोज, २०७६

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गरेका छन् ।

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

  • २७ असोज, २०७६

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण

राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं : एनआरएनए

  • २७ असोज, २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै