• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 04:01 am

दशैंको यात्रा : जात्रै जात्रा (फोटोफिचर)

दमक । दशैमा आफ्ना मान्यजनको हातबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्न आउने–जाने क्रम आज पनि जारी छ । निजी सवारी साधन हुनेहरु त आफ्नो समय अनुकुल आफन्तकोमा जाने आउने गर्छन् तर,  सार्वजनिक सवारी साधनको भर पर्नुपर्नेहरुको भने बर्षैपिच्छेको दशैंमा बिचल्ली नै हुने गरेको छ ।

चाडबाडको समयमा पनि अन्य दिनको जस्तै सवारी साधनहरु संचालन भएपनि यात्रुले सहज रुपमा यात्रा गर्न नपाएको गुनासो गर्ने गरेका छन् । छोटो दुरीका लागि यात्रा गर्नेलाई सार्वजनिक सवारीका कर्मचारीले चढ्नै नदिने यात्रुहरु बताउछन् । 

झापाको दमकबाट केर्खा जान लागेका दुर्गादेबी भण्डारी बस कुरेर दमकस्थित पशुहाटमा रहेको बसपार्कमा भेटिइन् । सार्वजनिक सवारीका कर्मचारीले केर्खामा गाडी रोक्दैन भनेपछि उनी अलमल्लमा परिन् । पछि उनले बाध्यतामै परेर अटो रिक्सामा केर्खा जानुपर्यो । सामान्यतया दमकबाट केर्खाको भाडा १० रुपैयाँ हो, तर उनले एक सय रुपैयाँ तिरेर अटो–रिक्सामा जानुपर्यो ।

यस्तै, दमकबाट उर्लाबारी जान लागेका उमेश भट्टराईलले पनि यस्तै पीडा भोग्नुपर्यो । उनीहरु त उदाहरणका पात्र मात्र हुन् । उनीहरुजस्तै देशका अन्य स्थानमा पनि अन्य यात्रुले यहि समस्या भोगिरहेका छन् । 

अन्य दिनमा यात्रुको चाप कम हुने गरेको भए पनि चाडबाडको समयमा अप्रत्यासित बृद्धि हुने गर्दछ । तर, अघिल्लो बर्षको तुलनामा सार्वजनिक यातायातको संख्यामा बृद्धि भएकोले सहज रुपमा यात्रा गराएको दावी गर्छन् बिराटनगर–काकडभिट्टा रुटमा बस चलाउने कमल कार्की ।

अन्य दिनको तुलनामा चाड–पर्वको समयमा सडकमा सवारीको चाप हुने. गर्दछ । यो समयमा धेरैले लापरबाही ढङ्गले सवारी चलाउने र अनावश्यक सडक जाम हुन सक्ने भएकोले ट्राफिक प्रहरीले चुस्त दुरुस्त सेवा प्रबाह गरिरहेको ट्राफिक प्रहरीको भनाई छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी चाडपर्वको समयमा यात्रु ठगिने भएकाले आफुहरुले प्राय शहरहरुमा यात्रु सहायता कक्ष राखेको बताउछन् । 

तर यात्रुहरु ठगिने क्रम र हेपिने क्रम भने उस्तै छ । हरेक दशैंमा यात्रालाई सहज बनाउने भनिएपनि त्यो कहिल्यै पुरा भएको देखिदैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जावालाखेलमा सुरु भयो ‘गोदावरी पुष्प मेला’ [फोटोफिचर]

  • १ कार्तिक, २०७६

काठमाडौं । ललितपुरमा फुलहरुको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फुलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फुलको प्रतियोगितात्मक प्रदर्शनी

चितवनमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रममा जे देखियो... [फोटोफिचर]

  • ३० असोज, २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खाना पारखीका लागि ललितपुरमा ‘पञ्जाबी धमाका’, पञ्जाबका चारवटा मेन्यु (फोटोफिचर)

  • ३० असोज, २०७६

काठमाडौं । होटल भिभान्ताले नेपालका खाना पारखीलाई पञ्जाबको स्वाद चखाउने भएको छ । ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ताले ‘पञ्जाबी धमाका’ को