घुमुवा प्रहरीले बालकलाई हातपात गर्दै भारत लान खोजेपछि...

जनकपुरधाम । घुमुवा प्रहरीले धनुषाको सिमावर्ती क्षेत्रमा दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी अवस्था तनावग्रस्त बनेको छ ।

नगराईन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षिय बिजय साह हलुवाई खिरखिरया बिर्ताको मोडमा घुमुवा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएर हातपात गर्दै भारततिर लग्न खोजेपछि स्थानीयवासी आक्रोशित बनेका थिए । 

घुमुवा प्रहरी ठाकुरले विजय सहित राजकुमार मण्डललाई हतकडी लगाएर लग्न खोजेपछि आक्रोशित स्थानीयले बहुअर्वा प्रहरी चौकीले घुमुवा हवल्दार ठाकुर, उनको सहयोगी राजेश साह, बिजय र राजकुमारलाई नियन्त्रण लिई प्रहरी चौकी घेराउ गरेको थियो ।

स्थानीयको संख्या बढ्न थालेपछि तनावग्रस्त अवस्था नियन्त्रणमा लिन सुरक्षार्थ खटिएका प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए ।

उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाईएको छ भने ती दुई जना बालकलाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए ।

यसैबीच प्रहरी नियन्त्रणमा रहेका बिजयले आफुलाई प्रेम शंकर ठाकुरले थप्पडै थप्पडले हिर्काएको र पछि हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर