• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 03:57 am

बसको ठक्करबाट वृद्धाको मृत्यु

वालिङ । बसको ठक्करबाट बुधबार दिउँसो स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । 

पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७६६४ नंको बसको ठक्करले वालिङ नगरपालिका– १ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । 

बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु¥याएपछि चिकित्सकले दिउँसो ३ः३० बजे मृत घोषणा गरेका थिए ।

बस चालक गल्याङ नगरपालिका– ११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजका समाचार हाइलाइट्स १ कार्तिक, २०७६

  • १ कार्तिक, २०७६

अमेरिकी अनुदान सम्झौता महराका कारण संसदमा रोकिएको होईन–प्रचण्ड   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा एकको मृत्यु

  • १ कार्तिक, २०७६

पाल्पा । पाल्पामा ब्रेक फेल भएको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको

राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न  म्यान्माका नेपालीलाई आग्रह

  • १ कार्तिक, २०७६

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण  वर्ष २०२० मा नेपाल भ्रमण  गर्न  र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न