• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

दुई लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार रुपैयाँ नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ । 

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बिहिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । 

प्रहरीले पक्राउ परेकासँग तास र नगद दुई लाख १४ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर