• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ओमान सामु नेपाल दियो झिनो लक्ष

काठमाडौं । टी २० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको झिनो विजय लक्ष्य दिएको छ । पाँच देशको सहभागिता रहेको प्रतियोगितामा नेपालले कमजोर सुरुवात गरेको हो ।

ओमान क्रिकेट संघको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए भने २६ रन हुँदा कप्तान पारस खड्का पनि ५ रनमा आउट भए । 

दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र १० रनमा आउट भए भने विनोद भण्डारी ४ रनमा बोल्ड भए ।

सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए भने आरिफ शेख २० रन, करण केसी ८ रन, मा आउट भए ।

 नेपाल निर्धारित २० मध्ये ११ ओभरमात्र खेल्दै अल आउट भएको हो ।

जारी खेलमा नेपालले १५ रन दिएर २ विकेट लिएकाे छ । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका हुन् ।

 
Live Cricket - Oman vs Nepal

Live Cricket - Oman vs Nepal

Posted by Wec Sports on Thursday, October 10, 2019


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर