• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुर र ओमानमा भएका दुई वटा टी २० सिरिज खेलेर नेपाल फर्किएको छ ।  

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिम आज विहान स्वदेश फिर्ता भएको हो । टिमलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललेलगायतले स्वागत गरेका थिए । सिंगापुरमा भएको तीन देश सहभागि सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो । एक खेल वर्षाले रद्द भएको थियो ।

सिंगापुरबाट ओमानगएको नेपाली टिमले त्यहाँ पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । जसमा नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गरेको थियो भने आयरल्याण्ड र ओमानसँग पराजित भएपछि तेस्रो भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको वाहुल्यता रहेकाले यो सिरिजलाई अन्तर्राष्ट्रिय एक्सपोजरको रुपमा लिइएको थियो । नेपालमा मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर