सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको अधिबेशन धनगढीमा शुरु 

धनगढी । सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको दोस्रो अधिबेशन आज धनगढीमा शुरु भएको छ । प्रमुख अतिथि पूर्व श्रम तथा यातायात मन्त्री रमेश लेखकले एक समारोहका बीच उद्घाटन गरे ।

कार्यक्रममा पूर्व मन्त्री भक्त बहादुर बलायर, कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा डा हेमराज पन्त, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापा, समितिका सल्लाहकार नरेन्द्र भाट, गैर आवासीय नेपाली संघ जर्मनीका पूर्व अध्यक्ष  नवराज रोस्यारा, संघको अष्टे«लियाका पूर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह र बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ र समाजका प्रतिनिधि लगायतको अतिथि रहेका छन् ।

कार्यक्रममा विश्वका २० भन्दा बढि मुलुकका एक सय ५० भन्दा बढि सहभागी रहेको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष धन बहादुर बलायरको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव अमृत शाहीले गरिरहेका छन् ।

प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहीत, अधिकार, सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले सुदूरपश्चिमका लागि सुदूर पश्चिमेली भन्ने नाराका साथ दुई वर्षअघि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति गठन गरिएको संस्थापक अध्यक्ष बलायरले बताए ।

कार्यक्रममा, जापान, बेल्जियम, डेनमार्क, नाईजेरिया, बहराइन, मलेशिया, अष्ट्रेलिया, भारत लगायतका देशमा रहेका सुदूरपश्चिमेलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने अधिबेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर